
१६ वैशाख, तुलसीपुर । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् ।
आगलागीले १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए । हाडबास गाउँमा २५ वटा घर थिए ।
आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ ।
नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले क्षति भएको वडाध्यक्ष वलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4