+
+

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १७:२४

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

सांसद शाक्यलाई सांसदको लोगो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिए । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिएका छन् ।

शपथ ग्रहणपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

‘मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु’, उनले भनिन्, ‘राष्ट्रियसभाको गरिमालाई उचाइमा पुर्‍याउनका लागि जे जस्ता काम पनि मैले बफादार भएर इमान्दारिताका साथ काम गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?