+
+

कांग्रेस सांसदको प्रश्न : रामकृष्ण श्रेष्ठलाई कसले नियुक्ति दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १५:०२

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई भन्सार विभागमा कसले नियुक्ति गरेको भनी प्रश्न उठाएका छन् ।

बजेट निर्माणमा उनको संलग्नतामाथि प्रश्न उठेपछि नेकपा एमालेसहितका विपक्षी दलले मंगलबार प्रतिनिधिसभा बैठकमा यसबारेमा प्रश्न उठाएका थिए । कांग्रेस सांसद खतिवडाले श्रेष्ठको गत १९ फागुनमै नियुक्ति भएको भन्दै त्यतिबेला अर्थमन्त्री को थियो भनी प्रश्न गरेका छन् ।

सांसद खतिवडाको प्रश्न छ, ‘त्यतिखेर (रामकृष्ण श्रेष्ठलाई नियुक्त गने निर्णय गर्दा) अर्थमन्त्री को थियो ? सचिव को थिए ?’

सांसद खतिवडाका अनुसार रामकृष्ण श्रेष्ठले दुई वर्ष अगाडि नै अवकाश पाएका थिए । उनले प्रश्न गरे, ‘दुई वर्ष अगाडि रिटायर्ड भएका कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्‍यो ?’

श्रेष्ठको दुई वर्षअघि नै अवकाश भइसकेको उल्लेख गर्दै उनले २०७९ साल फागुन २५ गतेदेखि लागू हुने गरेर रामकृष्ण श्रेष्ठलाई नियुक्त गरिएको र त्यसको म्याद २०८० साल असार मसान्तसम्म रहने उल्लेख गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?