+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

भारतलाई गगन थापाको जवाफ : नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:५५

२५ जेठ, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए । ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन’, उनले भने, ‘यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न ।

भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको उनले बताए । साथै भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पु¥याउँछ भनेर अनुमान गर्ने र त्यसका अधारमा पोजिसन बनाउन जरुरी नभएको उनले बताए । महामन्त्री थापाले अघि भने, लिम्पियाधुरा लिपुलेक हाम्रो भूमि हो, भारतले फिर्ता गर्नुपर्छ भन्ने पार्टीको धारणा हो ।’

अखण्ड भारतको नक्साबारे सोधिएको प्रश्नमा उनले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताए ।

कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै भने, ‘यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, ‘सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ ।’ त्यो बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने महामन्त्री थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?