+
+

राजनीति सफा नगरी देश सफा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १६:४७

२८ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको स्वीकार गर्दै त्यसलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् ।

आइतबार राजधानीमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय महासभा अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा  मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताए ।

उनले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गरे ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गरे ।

गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गरे ।

उनले विकास, विज्ञान र संस्कृतिलाई सँगसँगै अघि लानुपर्ने बताए । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट छनौट भई आएका १६ देखि २४ वर्ष उमेर समूहका २०० जना युवाहरुले चारदिनसम्म राष्ट्रसंघको बैठकका एजेण्डा, कार्यविधि, कूटनीतिक आचरण र मर्यादा, विश्वका साझा सवाल, जलवायु परिवर्तन प्रतिकार्य आदि विषयमा बहस र अभ्यास गर्ने जानकारी दिए ।

कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय प्रमुख हाना सिङ्गर होम्दी, विश्व वन्यजन्तु कोषका कन्ट्री डाइरेक्टर डा.घनश्याम गुरुङ् लगायतले पनि शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?