+
+

नेपाल र बंगलादेशका होटल व्यवसायीबीच सहकार्य गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १३:०८

७ असार, काठमाडौं । होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हानले जनाएको छ ।

हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले समझदारी पत्रमा हस्ताक्षर गरे । हानको आयोजना, नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा जुन २१, २०२३ बुधबारका दिन ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटुबी कार्यक्रम समेत गरिएको थियो ।

सो अवसरमा बंगलादेशका विभिन्न सहरकासंघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायी उपस्थित रहेको हानले जनाएको छ । होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त अवसरमा होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास लिइएको बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशक, विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू लगायत उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?