+
+

एसीसी यू-१६ इस्ट जोन कप खेल्ने टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १९:५०

८ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाली टिम भोलि शनिबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

सात वटा राष्ट्र सम्मिलित यस प्रतियोगितामा नेपाल समुह ए मा छ ।

समुह ए मा नेपाल, मलेसिया र थाइल्यान्ड छन् भने समुह बीमा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

नेपाली टिम

अभिषेक तिवारी(कप्तान), नरेन भट्ट (उपकप्तान), दिप भुजेल, कार्तिक कमाट, प्रतिक पोखरेल, निरज यादव, रोहन शाह, आशिष लुहार, सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टराई अशोक धामी र सचिन मल्ल

वैकल्पिक खेलाडीः अर्थव पौडेल सोहिल कुँवर, सिव्रिन श्रेष्ठ र रोशन विक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?