+
+

सुन चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते ११:४०

१० असार,काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६५० र चाँदीको मूल्य १३ सय ५० रुपैयाँ प्रतितोला कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुन र १३ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?