+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १२:०४

१५ असार,काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन एक लाख ९ हजार ४०० र तेजावी सुन एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिजो १ हजार ३७० रुपैयाँ प्रतितोलामा चाँदीको खरिद बिक्री भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?