+
+

सरकारले स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत तत्काल दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १७:४६

२१ असार, काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो ।

गत वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरेको थियो ।

तर आज बसेको मन्त्रीपरिषद्को बैठकले बाँकी ५० प्रतिशत  अर्थात ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले  बताइन् ।

‘वैशाख २ गते २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरिएको थियो, हाललाई ५० प्रतिशत पैसा अनुसार५ अर्ब ९ करोड रुपैयाँ जुन दिनुपर्ने हो, त्यसको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्रण गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?