+
+

महिला भलिबलमा एपीएफले एभरेष्टलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १३:०६
फाइल तस्वीर ।

२६ असार, काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कर्भडहलमा आज भएको आज मंगलबारको पहिलो खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

एपीएफले २५–९, २५–१२ र २५–१२ ले खेल आफ्नो पक्षमा पार्दै एपीएफले ३ अंक पाएको छ । यो जितसँगै एपीएफको तीन खेलबाट ८ अंक भएको छ र उ दोस्रो स्थानमा छ । ३ खेलबाट ९ अंक जोडेको नेपाल पुलिस अंक तालिकाको पहिलो स्थानमा छ ।

दुई खेलमा ६ अंक जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा छ । एपीएफको यो लगातार तेस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?