+
+

दर्शक कुट्ने आर्मीका खेलाडी पनि भलिबल कोर्टमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १५:५७
एपीएफसँगको खेलमा धनबहादुर भट्ट । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा दर्शकलाई हातपात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी एपीएफविरुद्धको खेलमा कोर्ट उत्रिएका छन् ।

गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि भट्टले दर्शकदीर्घामै गएर दर्शकलाई मुक्का हानेका थिए । राजेन्द्र विष्टले कुर्सी हानेका थिए भने कप्तान हरिहजुर थापासहितका अरु खेलाडी पनि विवादमा उत्रिएका थिए ।

त्यो घटनाका बारेमा छानबिन जारी रहेकाले त्यसको प्रतिवेदन नआउँदासम्म खेलाडीहरुलाई कुनै कारबाही नगरी खेल्न दिइएको प्रतियोगिता आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

भलिबल संघले महासचिव रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय गठन भएको छानबिन समितिले ३० गतेभित्रमा घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने छ ।

‘हामीले आकस्मिक बैठकबाट छानबिन समिति गठन गरेका छौं । सो समितिले ३० गतेभित्र रेफ्री दर्शक र खेलाडीको बयान लिई कारबाही गर्नेछ । त्यस समय अघि भने खेलाडीहरूलाई खेल्न दिइएको हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

गत सोमबार गण्डकी प्रदेशसँगको खेलमा अंक विवादका क्रममा रेफ्रीको नतिजामा असन्तुष्ट  जनाएपछि पानीको बोतल र जुत्ता प्रहार भएको थियो ।  त्यही क्रममा कोर्टमा  आर्मीका प्राय खेलाडी आक्रोशित देखिँकाए थिए । धनबहादुरले भने दर्शकदीर्घामा नै गएर दर्शकलाई मुक्का हानेका थिए ।

आर्मीले पनि हालसम्म खेलाडीमाथि कुनै कारबाही गरिएको छैन ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?