+
+

न्यू डाइमन्डलाई सोझो सेटमा हराउँदै एपीएफ महिला भलिबलको फाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १८:००

२८ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब फाइनल नजिक पुगेको छ ।

न्यू डायमाण्डमाथिको ३–० को सोझो सेटको जितले एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफले न्यू डाइमन्डलाई २५–१६, २५–१८ र २५–१२ पराजित गरेको हो ।

अब न्यू डायमण्डले शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिसलाई ३–० को सोझो सेटमा हराएमा मात्रै न्यू डायमण्डको फाइनल सम्भावना हुनेछ ।

पुलिससँगको खेलमा न्यु डायमन्ड हारेको वा अंक बाँडेको खण्डमा एपीएफ फाइनलमा पुग्ने छ ।

महिलातर्फ पुलिस ४ खेलबाट १२ अंक, एपीएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा छन् ।

अंकका आधारमा पुलिस फाइनल प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?