+
+

स्की संघको अध्यक्षमा जीवनराम श्रेष्ठको निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:५२

३१ असार, काठमाडौं । नेपाल स्की संघको नेतृत्वमा जीवनराम श्रेष्ठले निरन्तरता पाएका छन् ।

स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले श्रेष्ठकै अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई छन् ।

यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ छन् ।

सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाइकृष्ण वलामी छन् ।

त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताए ।

संघले राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत संघको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै संघका ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?