+
+

ललितानिवास प्रकरण : अदालतको आदेशपछि फेरि समातिए कलाधर देउजा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १९:५१

५ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् ।

प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए ।

उनका अनुसार, अदालतले उनसहित १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश खारेज भए फेरि आरोपीलाई पक्राउ गरिएको हो ।

प्रहरीले देउजासहित ७ जनालाई १२ असारमा पक्राउ गरेको थियो । तर, देउजासँगै पक्राउ परेका सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीको नाममा स्टे अर्डर भेटिएपछि प्रहरीले सोही दिन छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?