+
+

मेगाटेकको विद्युतीय सफारी बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ८:१२

१६ साउन, विराटनगर । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको मेगाटेक प्रालिले सामुराई ब्राण्डका विद्युतीय रिक्साहरु बजारमा ल्याएको छ ।

नेपालमै पहिलो पटक च्यासिससहितको विद्युतीय रिक्सा बजारमा ल्याएको कम्पनीको दाबी  छ ।

मगाटेकले यसअघि सफारीमा प्रयोग हुने एसियन ब्राण्डका ब्याट्री उत्पादन गर्दै आएको थियो । मोरङको बुढीगंगामा प्लान्ट स्थापना गरी सफारी उत्पादन गरी बजारमा ल्याएको हो ।

कम्पनीले उत्पादन गरेको रिक्सा मानिस  बोक्न, सफारीमै पसल सञ्चालन गर्न, हाेटल सञ्चालन गर्न र ढुवानीका लागि प्रयाेग गर्न मिल्ने खालका मोडल छन् ।

सामुराई प्लस, सुपर प्लस, सामुराई भेजी ओपन, सामुराई भेजी क्लोज, सामुराई फुडिज र सामुराई पावर लोडर नाम दिइएका मोडलहरुको विक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

सामुराई प्लस र सुपर प्लस  यात्रुबाहक विद्युतीय रिक्सा हुन् । अन्य रिक्सा भने  पसल र व्यावसाय र ढुवानी गर्न मिल्ने खालका हुन् ।

कम्पनीका बजार व्यवस्थापक विकाश उप्रेतीका  अनुसार समुराई ब्राण्डका रिक्साले  एक पटक  फुल चार्ज गरेदा १२० किलोमिटर  माइलेज दिनेछन् ।

ग्रामीण क्षेत्रको कृषि उत्पादनलाई  किसान आफैले सहज रुपमा बजारसम्म  लैजानका लागि सफारी प्रभावकारी हुने उनले बताए ।

उनका अनुसार मोडल अनुसार सफारीको मुल्य २ लाख ५०  हजारदेखि तीन लाख रुपैयाँ  पर्न सक्छ । सफारी खरिदका लागि  फाइनान्सको सुविधा पनि ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?