+
+

ग्लोबल आईएमई बैंकले प्लास्टिकको प्रयोग कम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १७:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै शाखा कार्यालयहरूमा प्लास्टिकको प्रयोग घटाउने भएको छ ।

‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लास्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने जनाएको छ ।

बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै प्रादेशिक कार्यालयहरूमार्फत देशभरिका सबै शाखा कार्यलयहरूमा विस्तार हुने बैंकले जनाएको छ ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?