+
+

प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा लगानी सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:४६

काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि बीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकले भीजी इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?