+
+

अग्नि मोटोइंकको ‘मनसुन राइड अफर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १९:२३

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ ।

अफर अनुसार  जावा र येज्दी मोटरसाइकल किन्ने ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिज सहित राइडिंग गियर समेत पाइने कम्पनीले जनाएको छ ।

यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकले नगदमानै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राइडिङ गियर पाउने छन् ।  उक्त एसेसरिज र राईडिंग गियर बराबरको रकम नगद छुट पाउने छन् । ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जावा ब्राण्ड अन्तर्गत फोर्टी-टु, जावा र पेराक मोडेलका मोटरसाइकलहरु उपलब्ध छन् भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरु उपलब्ध छन् ।

यो अफर जावा र येज्दीका सबै शोरुमहरुमा उपलब्ध हुने तथा सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?