+
+

कांग्रेसको वार्षिक कार्यतालिकाको पहिलो कार्यक्रम ‘पोलिसी ह्याकाथन’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १४:१९

२२ साउन, काठमाडौं । नेपाली कांग्रेस वार्षिक तालिका कार्यान्वयनको क्रममा लागेको छ ।

त्यसक्रममा उनले साउन २७ गते केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसारको पहिलो कार्यक्रमका रुपमा ‘पोलिसी ह्याकाथन’ कार्यान्वयन गर्ने भएको हो ।

२ देखि १० साउन सम्म बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वारा प्रस्तुत वार्षिक कार्यतालिकाको पहिलो कार्य साउन २७ मा गर्न लागिएको छ । युवा अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर युवा लक्षित कार्यक्रम तय गरिएको छ ।

केन्द्रीय कार्यालयले युवा र जलवायु परिवर्तन सम्बन्धी ‘ग्रीन स्किल्स् फर युथः टुवार्डस् अ सस्टेनेबेल वल्र्ड’ विषय केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार ‘पोलिसी ह्याकाथन’ अन्तर्गत ‘गीग इकोनोमी र क्लाइमेट एक्सन’ कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमका लागि सहमहामन्त्री जीवन परियारले सहजीकरण गरेका छन् । युवा लक्षित कार्यक्रमको संयोजन युथ कांग्रेसका अध्यक्ष सचिन तिमल्सेनाले गरेका छन् ।

गीग अर्थतन्त्रका माध्यमबाट रोजगारी सिर्जना गराउन सकिने प्रस्तावहरु आह्वान भदौ २७ बाट गरिने छ । आएका प्रस्तावहरु मध्येबाट १० जनालाई पुरस्कृत गरिने छ । आंशिक रोजगारी उपलब्ध हुनुलाई गीग इकोनोमीका रुपमा बुझिन्छ ।

स्वतन्त्रपूर्वक कार्यगर्ने गरि पार्टटाइमको लागि रोजगारी प्रदान गरिएको हुन्छ । ‘मासिक रुपमा तलब बुझ्ने रोजगारीलाई मात्रै हामीले प्राथमिकता दिँदै आएका छौं, कार्यक्रममा संयोजक तिमिल्सेना भन्छन्, ‘पार्ट टाइमको रोजगारीले नेपालको अर्थतन्त्रलाई सहयोग गर्नसक्छ । त्यही अवधारणाले यो कार्यक्रम गर्न लागिएको हो ।’

गीग इकोनोमीका लागि नेपालमा गर्न सकिने कार्यहरुका प्रस्तावको आव्हान गरिएको छ । ‘क्लाइमेट एक्सन’ सेसन अन्तर्गत जलवायु परिवर्तनले पारेको असर, नेपालको भूमिका लगायतमा छलफल हुनेछ । जलवायु परिवर्तनकै मुद्दाले नेपालले आर्थिक लाभ लिन सकिने प्रस्तावहरु पेश हुनेछन् ।

अन्तर्राष्ट्रिय युवा दिवस (अगष्ट १२) बाट आएका प्रस्तावहरु मध्येबाट उत्कृष्ट चयन गर्न पाँच जना निर्णायक तोकिने छ । भदौ २ मा विजयीहरु घोषणा हुनेछ ।

उत्कृष्ट ठहर भएका प्रस्तावमा पहिलोलाई ३ लाख रुपैयाँ, दोस्रोलाई डेढ लाख, तेस्रोलाई ५० हजार पुररस्कार रकम तोकिएको छ ।

स्वदेश र विदेशमा रहेका युवाहरुले आइडिया प्रस्तुत गर्न सक्ने संयोजक तिमिल्सेनाले बताए । ५०० बढि युवाले आफ्ना आइडिया पेश गर्ने अपेक्षा रहेको तिमिल्सेनाले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?