+
+

सुरुङ मार्ग निर्माणस्थलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ७:२६
Photo Credit : MP Aryal

२३ साउन, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो झरेको उक्त स्थान सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु हो । पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पहिरो झरेको स्थानमा सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दुमा रिप पोर्टल निर्माण गरिरहेको छ । सो ठाउँमा साउनको पहिलो सातादेखि पटक-पटक  पहिरो खस्दा सुरुङमार्गको रिप पोर्टल (स्लोप प्रोटेक्सन) मा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?