+
+

उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएको भन्दै एमालेले गर्‍यो संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:३५

२३ साउन, काठमाडौं । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो ।

‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो’ एमाले सचेतक महेश बर्तौलाले भने ।

उनले पमुख प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको आरोप लगाए ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बर्तौलाले बताए ।

एमाले सचेतक महेश बर्तौलाले बोलेपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि कांग्रेसका सांसद रामहरि खतिवडालाई समय दिए । त्यसपछि एमाले सांसदहरुले संसदमै नाराबाजी सुरु गरेका छन् ।

त्यसपछि सभामुख घिमिरेले बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?