+
+

एक सातापछि खुल्यो भीमदत्त राजमार्ग, जोखिम कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते ८:३४
अवरुद्ध हुँदा सडको अवस्था ।

२९ साउन, धनगढी । भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ । कैलालीमा २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

गोदावरी नगरपालिका-४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले सडकमाथिबाट  आएको  पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिए ।

पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताए ।

तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

राजमार्ग सञ्चालन भएसँगै एक हप्तादेखि तराईका जिल्लासँग विच्छेद भएको सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?