+
+

नेपालका १५ मेयर र ८ उपमेयर हैदरावादमा ढल व्यवस्थापन पढ्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १९:३६

३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् । नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ ।

दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको लागि मेयरहरु भारत गएका हुन् ।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी २३ वटा नगरपालिकाबाट प्रतिनिधि हुनेगरी अध्ययनको लागि गएका हुन् ।

‘यसलाई स्यानी टुर भनिएको छ, स्यानिटेसनसम्बन्धी अध्ययन गर्ने भएकोले स्यानी टुर भनिएको हो’, देवकोटाले भने । नेपालबाट जाने जनप्रतिनिधिको सबै खर्च, टिकट आस्कीले नै व्यहारेको देवकोटाले बताए । आस्कीले यस अगाडि प्रदेश राजधानीसहित अन्य शहरहरुका जनप्रतिनिधिहरुलाई पनि लेदोजन्य फोहोर व्यवस्थापनको लागि कक्षा सञ्चालन गरेको थियो ।

सोमबारदेखि सुरु भएको कक्षामा बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डे, धरान उपहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?