+
+

टाइगर प्यालेसको नयाँ व्यवस्थापनले भन्यो : सरकारलाई बुझाउनुपर्ने कर तिर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:४७

१ भदौ, बुटवल । रुपन्देहीको कोटिहवास्थित पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टको नयाँ व्यवस्थापनले कानुनअनुसार सरकारलाई बुझाउर्ने कर र दायित्व सबै तिर्न तयार रहेको बताएको छ ।

यो रिसोर्ट लुम्बिनी प्रदेशकै पहिलो पाँचतारे होटेल हो । गैर आवासीय नेपालीहरुको लगानी रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले १५ बिघा क्षेत्रफल ओगटेको टाइगर प्यालेस रिसोर्ट १ करोड ५० लाख डलरमा खरिद गरेको छ । नयाँ व्यवस्थापनले शुक्रबार रिसोर्टमै पत्रकार सम्मेलन गरी कर र बैंक ऋण गरी सवा २ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व रहेको बताएको छ ।

१ करोड ५० लाख डलरमा खरिद गर ेपनि बाँकी बक्यौता र दायित्व समेत जोड्दा करिब ४ अर्ब लगानी पुग्ने कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । ‘रिसोर्ट खरिद गरेपछि क्यासिनो पूर्ण क्षमतामा सञ्चालन गर्ने हाम्रो प्राथमिकतामा छ’ सुवेदीले भने, ‘क्यासिनोले तिर्न बाँकी सबै कर तिरेर ६० दिनभित्र सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’

अस्ट्रेलियन सिलभर हेरिटेज ग्रुपले करिब पाँच अर्ब लगानीमा नेपालकै ठूलो क्यासिनोसहित रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर कोभिड महामारी र लगानीकर्ताबीच आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

रिसोर्टमा भएको बैंक ऋणको दायित्व र अन्य व्यावसायिकका कारण आर्थिकरुपमा जर्जर भएको रिसोर्ट सञ्चालन गरी रोजगारी सिर्जना, पर्यटन क्षेत्रमा योगदान र नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश दिन आफूहरुले रिसोर्ट खरिद गरेको सुवेदीले प्रष्ट्याए ।

जग्गा सट्टाभर्ना लगायत रिसोर्टसँग केही विवादित विषय भए पनि नयाँ व्यवस्थापनले कानुन र अदालतको आदेश मानेर अघि बढ्ने सुवेदीले बताए ।

क्यासिनोसहित रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यले वार्षिक करोडौँ राजस्व प्राप्त गर्ने भएकाले सरकारी निकायले विवादित विषय समाधानमा सहयोग गर्नुपर्ने रिसोर्टका निर्देशक दीपक गौतमले बताए ।

यसअघिको विदेशी व्यवस्थापन स्थानीय समुदायसँग राम्ररी घुलमिल नहुँदा समस्या भएका भन्दै गौतमले त्यसबाट पाठ सिकेर आफूहरुले स्थानीयसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?