+
+

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट बीच रेमिट्यान्स भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १९:४३

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनी बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरे ।

सम्झौतासँगै साउदी अरेबियामा रहेका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखाहरु, पीओएस, किअस्कस्, मोबाइल एप र वेबसाइटबाट नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सकिने छ ।

साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा इसेवाका एक लाख भन्दा बढी क्यास पोइन्ट र ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

‘इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं’ रेमिट्यान्स् भुक्तानी एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले भने ।

‘इसेवा मनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो । जसले नवीनतम फिनटेक सेवाहरु मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ । साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौं’ इन्जाज पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत जैनले भने ।

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?