+
+

रुस्लान स्टुडियोको सुरुवात, पहिलो एपिसोडमा सुशान्त केसीको प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १३:२१

काठमाडौं । काठमाडौंमा रुस्लान स्टुडियोको सुरुवात भएको छ । प्रसिद्ध ब्राण्ड रुस्लानले लाइभ स्टुडियो रेकर्ड र सेटिङ लगायत सांगीतिक सेवा प्रस्तुत गर्ने उद्देश्यसहित भदौ ६ गते स्टुडियोको थालनी गरेको हो ।

संगीतको प्रसारण रुस्लान स्टुडियोको युट्युब पेजबाट हुनेछ । कार्यक्रममा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनिएका धुनका केही लोकप्रिय ट्रयाकमा परिक्षण गरी कलाकार र संगीतकारलाई सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु रहेको जनाइएको छ ।

यसमा २५ भन्दा बढी ट्रयाकलाई नयाँ शैलीमा प्रस्तुत गर्न सकिने जनाइएको छ । रुस्लान स्टुडियोमा गायक सुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बू, समीर श्रेष्ठ, झुमा लिम्बू, द एलिमेन्ट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्व, दिवस गुरूङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केन्जल मेहर श्रेष्ठ र एएसएमको प्रस्तुति हुने जनाइएको छ ।

‘रुस्लान र संगीतको सम्बन्ध धेरैअघि देखि परिचित रहदै आएको छ । यसैमार्फत हामीले रुस्लान एफएममा नयाँ धुन पेश गर्दै आएका पनि छौ । आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यले हामीले रुस्लान स्टुडयोको सुरुवात गरेका हौं । हामीले यस प्रोजेक्टमा नेपाली कलाकारको बहुमुखी प्रतिभा पेश गर्दैछौं,’ जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रेयकृष्ण श्रेष्ठले भने ।

रुस्लानले आफ्नो ग्राहकवर्गको खुसीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिंदै आएको र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने विश्वास पनि श्रेष्ठले व्यक्त गरे । रुस्लान स्टुडियोको पहिलो एपिसोडमा सुशान्त केसीको प्रस्तुति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?