+
+

सिन्धुपाल्चोक निर्माण व्यवसायी संघको अध्यक्षमा दीपेन्द्र थापा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १०:४२

सिन्धुपाल्चोक । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सातौं जिल्ला अधिवेशनबाट दीपेन्द्र थापा अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ का पूर्ववडाध्यक्ष समेत रहेका थापा निर्माण व्यवसायीको जिल्ला नेतृत्वमा आएका हुन् । बिहीबार सम्पन्न अधिवेशनबाट पदाधिकारी निर्विरोध भए पनि सदस्यहरू चुनावबाट चयन भए ।

संघको प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा धनश्याम नेपाल, महासचिवमा जयचन्द्र लामा, सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल र सह–कोषाध्यक्षमा राजेन्द्र विक्रम थापा निर्विरोध भए ।

कार्यसमिति सदस्यमा भेषनाथ सापकोटा, बुद्धकुमार घले, रवीन्द्र सिलवाल, विनोद लामा घिसिङ, टंकप्रसाद दुलाल र सरोज केशी निर्वाचित भएका छन् ।

कार्यसमितिको ६ जना सदस्यका १८ जनाले उम्मेदवारी दिएका थिए । ४ सय ४४ मतदाता रहेकोमा ३ सय ३० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?