+
+

देशभर एक वर्षमा थपिए २२२ वटा सडक पुल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १९:१७

८ भदौ, काठमाडौं । एक वर्षको अवधिमा देशभर २२२ वटा सडक पुलको निर्माण भएको छ ।

सडक विभागका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा उक्त संख्यामा पुल निर्माण भएका हुन् । यस आवमा देशभर ३ सय वटा पुलको निर्माण सक्ने लक्ष्य रहेको थियो । विभागले यस आवमा नयाँ सडकको ट्र्याक ५ सय किलोमिटर खन्ने लक्ष्य राखेको थियो ।

यस अवधिमा २४३ किलोमिटर मात्र नयाँ ट्र्याक खनिएको विभागले जनाएको छ । खण्डास्मित सडक १ हजार किलोमिटर सडक विस्तारको योजना रहेकोमा ६२८ किलोमिटर मात्र निर्माण भएको विभागले जनाएको छ ।

सडकको कालोपत्रतर्फ एक वर्षमा १३ सय किलोमिटरको लक्ष्य रहेकोमा ८२० किलोमिटर नयाँ र २४९ किलोमिटर पुनर्निर्माण यस आवमा भएको विभागको तथ्यांक छ ।

बजेट प्रगति ६८.३९ प्रतिशत

सडक विभागले एक वर्षको अवधिमा खर्च गर्ने गरी १ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, खर्च भने ६८.३९ प्रतिशत मात्र भएको छ । अर्थात् एक वर्षमा ८२ अर्ब ४ठ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

सडक विभागमार्फत मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिसहितका ठूला आयोजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?