
११ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ सालको आम निर्वाचनमा काठमाडौंमा पार्टी हार्नुको कारण खोज्नुपर्ने बताएका छन् ।
‘आफ्नैविरुद्ध लडेर विरोधीलाई फाइदा दियौ कि ? के कारणले यस्तो भयो काठमाडौं । कसरी हार्यौं ?’, ओलीले प्रश्न गरे । काठमाडौं-९ मा एमालेबाट कृष्णगोपाल श्रेष्ठले जितेपनि सन्तोषजनक मत नआएको बताए ।
‘कृष्णगोपाल माननीय जित्नुभयो । त्यो जिताइ पनि चिठ्ठा परे जस्तो भयो’, ओलीको टिप्पणी थियो, ‘एमाले जस्तो पार्टीले ११ (हजार) ल्याएर, थोरैले जित्न त जित्यौं, भवितत्यजस्तो ।’
एमालेले जित्दा एघार नभएर ४४ हजारले जित्नुपर्ने बताएका थिए । ‘हामीले जितौं भन्ने ठाउँ पनि नरहेन गरी जियौं’ कृष्णगोपालबारे नै ओलीको टिप्पणी थियो । काठमाडौंको दश निर्वाचन क्षेत्रमध्ये एमालेबाट कृष्णगोपालले मात्रै जितेका थिए ।
उनले काठमाडौं–९ बाट ११ हजार ९५६ मत ल्याएर जितेका थिए । श्रेष्ठको निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए ।
प्रतिक्रिया 4