+
+

६० किलो सुन प्रकरणमा दावाका मुख्य सहयोगीलाई भारतमा पक्राउ गरेर ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:०७

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले अनलाइनखबरलाई बतायो ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, बस्नेतले दावाको निर्देशन अनुसार हङकङबाट सुन जडित सामग्रीहरु मगाएको पाइएको छ । ‘दावाको निर्देशन अनुसार सुन भएका विभिन्न उपकरण उनले मगाएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको पक्राउसँगै यसमा थप नयाँ तथ्यहरु फेला पर्ने अपेक्षा छ ।’

हालसम्म प्रहरीले यसमा २५ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?