+
+

सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलामीमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १५:३४
सुधीर बस्नेत/फाइल तस्वीर

१४ भदौ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ ।

ललितपुरको इमाडोलमा रहेको निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान गरेको हो ।

१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ ।

ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।

कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको सावाँ तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व छ ।

बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ ।

एक हजार रुपैयाँ फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खातामा जम्मा गरेर सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?