+
+

सुन तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १६:३१

१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् ।

पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।

‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने ।

ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।

गत साउन ३ गते गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातको विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

सीआईबीको अनुसन्धान जारी रहेका बेला प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी असम्भव रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?