+
+

रनका भोका इशान किसन मध्य क्रममा जम्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते २०:१०

१७ भदौ, काठमाडौं । केएल राहुल फिट भएको भए एसिया कपमा शनिबार पाकिस्तान विरुद्ध भारतको पहिलो खेलमा इशन किसन उनका लागि पानी बोकेर गएका हुन्थे होला ।

तर राहुल फिट नभएपछि किसनले सुनौलो मौका पाए । टिम लिस्टमा किसनको नाम तेस्रो नम्बरमा थियो । तर उनले नम्बर पाँचमा ब्याटिङ गरे । जुन पोजिसनमा उनले ओडीआईमा यसअघि ब्याटिङ गरेका थिएनन् ।

यो मुभमा केही शंका पनि थियो । भारतकै पूर्व प्रशिक्षक रवि शास्त्रीले किसनलाई टप अर्डर नै सुहाउने बताएका थिए ।

तर शनिबार मिडल अर्डरमा खेल्दा सुरुमा जम्न नसकेका किसनले पछि गज्जबको ब्याटिङ गरे ।

आउँदो विश्वकप क्रिकेटो टिम चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला किसनले  आफूलाई प्रमाणित गरेका छन् ।

उनले पाकिस्तान विरुद्ध ८१ बलमा ८२ रन बनाए । १५औं ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतीय इनिङ्स उकास्न उनले महत्वपूर्ण भूमिका खेले ।

अहिले टाउको दुखाइ बन्न थालेको बेला टिम म्यानेजमेन्टले यसलाई खुल्ला रुपमा स्वागत गरेको छ । यसले किसनलाई खाली ठाउँ भर्ने रिजर्भ ब्याटरको रुपमा अर्को सम्भावनाको ढोका समेत खोल्छ । तिलक बर्मा र सूर्यकुमार यादवले विश्वकपका लागि स्थान बनाउन यसअघि देखि नै प्रतिस्पर्धामा छन् ।

यो धेरै अर्थमा महत्वपूर्ण हुन सक्छ । पहिलो किसन हुँदा शीर्ष क्रममा लेफ्ट ह्यान्डेड ब्याटर हुन्छ । अर्को यसले टिममा अर्को अतिरिक्त फास्ट बलर भित्र्याउने सम्भावना रहन्छ । तर तत्कालका लागि यो स्पष्ट छ कि किसनले नियन्त्रणयोग्यहरूलाई उत्तम तरिकाले नियन्त्रण गरेका छन् ।

पाकिस्तान विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका किसनले खेल कन्ट्रोल समेत गरेका थिए । ब्याटिङ गर्दा उनी आफ्नो योजनामा स्पष्ट समेत देखिन्थे । उनले आफ्नो सातौं बलमा पहिलो बाउन्ड्रीको रुपमा छक्का प्रहार गरे । उनले हरिस राउफको गल्तीमा छक्का प्रहार गरेका थिए ।

स्पीन समेत उत्तिकै राम्रो खेल्ने किसनले शदाब खानलाई पनि दबाबमा पारे । बल ल्याण्ड गर्न संघर्ष गरिरहेका शदाबलाई किसनले दुई चौका प्रहार गरे ।

भारतको पुनरागमनमा कसनले उत्कृष्ट ब्याटिङ गरे । पाँचौ विकेटका लागि अर्धशतकको साझेदारी गर्दा उनले हार्दिक पाण्ड्यासँग मिलेर ५२ बल खेलेका थिए ।

‘उनले शादब खान र मोहम्मद नवाजबाट डर हटाउने काम गरे । यो सकारात्मक संकेत हो,’ पूर्व भारतीय ब्याट्सम्यान वासिम जाफरले क्रिकइन्फोलाई भने, ‘ यही कुरा हो जुन तपाईले इशानबाट हेर्न चाहनु हुन्छ। हामी सबैलाई थाहा छ कि उसले बललाई हान्न  सक्छ, तर जसरी उसले स्ट्राइक रोटेट गरे, लेन्थमा ब्याटिङ गरे र हार्दिकसँग साझेदारी गर्‍यो त्यो परिपक्का पारि थियो ।’

किसन र हार्दिकले जब शतकीय साझेदारी गरे । तब उनीहरुले पाकिस्तानमाथि दबाब बढाउन थालेको संकेत देखिएको थियो । शतकतर्फ नजिकँदै गर्दा बल पुल गर्ने प्रयासमा किसन आउट भए । उनी आउट भए पनि डगआउटले उनीमाथि सम्मान व्यक्त गरेको थियो ।

कप्तान रोहित शर्माले ब्याटिङ फ्लेक्जिबिलटीको बारेमा कुरा गर्दै आएका छन् । बेस्ट पेस अट्याक भएको टिम विरुद्ध यस्तो प्रदर्शन राम्रो उदहारण हो । किसन चुनौती स्वीकार गर्न सक्छन् भन्ने उनको क्षमतामा देखिएको छ । पाँच हप्ताअघि उनले वेष्ट इन्डिज विरुद्ध स्लगिस पिचमा पनि लगातार तीन अर्धशतक प्रहार गरेका थिए ।

चौथो अर्थशतक प्रहार गर्ने क्रममा सम्भवत उनले आफ्नो उत्कृष्ट ओडीआई इनिङ्स खेले ।

के यो बंगलादेश विरुद्ध गत वर्ष उनले प्रहार गरेको दोहोरो शतक भन्दा अझ सन्तोषजनक हो त ?

हुन सक्छ । यसले के देखाउँछ भने किसनले वर्तमानमा पाएको हरेक अवसरलाई उत्कृष्ट ढंगमा निर्वाह गर्दैछन् ।

एक प्रकारले हेर्दा किसनको ओडिआई करियरले केएल राहुलकै जस्तो  मार्ग अनुसरण गरेको छ । जब शिखर धवन र रोहितले २०१३ देखि २०२० सम्मको अवधिमा अधिकांश समयको लागि ओपनिङ स्थान बनाएका थिए, राहुलले मध्यक्रममा आफ्नो स्थान भेट्टाए । अब रोहित र शुभमन गिलले ओपनिङ भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेकोले किशनले आफ्नो स्थान अन्यत्र खोज्नुपर्छ ।

भारतले राहुलको अवस्थालाई लिएर पुल पार गर्नुअघि किशनले नेपालविरुद्ध यस्तै अर्को भूमिका खेल्ने सम्भावना छ । तर यो खेल वाशआउट भएमा पनि धेरै स्पष्ट छ कि क्यान्डीमा ब्याटिङ गर्ने उनीहरूको निर्णयले किसनले मिडल अर्डरमा ब्याटिङ गर्न सक्छन् र भन्ने प्रश्नको जवाफ दिन मद्दत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?