+
+

‘किड्स अफ द इयर इन्टरनेसनल-२०२३’ का चार जना विजेता घोषित  

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:०७

काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेसनल-२०२३’ का चार जना विजेता घोषित भएका छन् । सिनियर र जुनियर बालक र बालिका गरी एकसाथ चार विजेता चुनिएका हुन् ।

प्रतियोगिताको जुनियर बालकतर्फ एलभिन प्रजापति र सिनियरतर्फ सुभांक हुमागाईं विजेता बने । बालिकातर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए ।

होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियरतर्फ रुक्सन न्यौपाने  फस्ट रनरअप र विनिस तामाङ सेकण्ड रनरअप चुनिंदा सिनियरतर्फ वाङ्जु लामा फस्ट रनरअप र आरएस कार्की सेकेन्ड रनरअप भए ।

प्रतियोगितामा जुनियर बालिकातर्फ रीमा महतो फस्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हुँदा सिनियरतर्फ बन्दिका न्यौपाने फस्ट रनअप र आयुसा रायमाझी सेकेन्ड रनरअप भए ।

प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?