+
+

आर्सनलको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ६:१७

४ असोज, काठमाडौं । ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको आर्सनलले २०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ ।

समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो ।

उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो ।

बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे ।

गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३-० बनाए । त्यसपछि कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा आर्सनलको लागि चौथो गोल गरे ।

जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रा गरेको छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसैगरी समूह डी को खेलमा अर्को स्पानिस क्लब रियल सोसिडाडले इटालियन क्लब इन्टर मिलानलाई १-१ को बराबरीमा रोकेको छ । यसै समूहको अर्को खेलमा एफसी साल्जवर्गले वेनफिकालाई २-० ले हरायो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?