+
+

सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:२४
फाइल तस्वीर

९ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने उनको दाबी छ ।

उनले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेको बताए ।

निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने पौडेलले बताए ।

‘नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात, माग, सप्लाई र रोजगारी पनि छैन,’ उनले भने, ‘अफ्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र लयमा थियो । अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ । समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन ।’

उनले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?