+
+
१९औं एसियाली खेलकुद :

नेपालले भारतविरुद्ध फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते ६:५१

१६ असोज, काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् ।

यस्तै, भारतका जितेश शर्मा र साई किशाेरले टी-२०आईमा डेब्यु गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?