+
+

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा रशिला विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते ९:४९

१६ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।

बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् ।

जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् ।

महिला सिंगल्सकै अर्को खेलमा नेपालकी अनुमाया राई भने थाइल्याण्डकी पोर्नपावी चोचुवोङसँग २१-४, २१-७ ले पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?