+
+

बझाङका भूकम्प पीडितको पुन:स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते ९:०८

१८ असोज, काठमाडौं ।बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ ।

बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ ।

प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन्।

मङ्गलबार अपराह्न तीन बजेर ६ मिनुटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।केही घाइते भएका छन् भने । धेरै घरपरिवार विस्थापित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?