+
+

सुनको भाउ ८ सय घट्यो*

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १०:५६

२७ वैशाख, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

(यसअघि सुनको भाउ अन्यथा पर्न गएकाले सच्याइएको छ- सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?