News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
- चाँदीको मूल्यमा पनि १ सय ७० रुपैयाँले वृद्धि भई आज तोलाको ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ ।
२६ असार, काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज शुक्रबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय तोकिएको छ । हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि शुक्रबार बढेको छ । बिहीबार तोलाको ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4