News Summary
Generated by OK AI. Editorially reviewed.- भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी ३ हजार ८ सय ८९ जनाको मृत्यु भएको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले जानकारी दिएका छन्।
- भूकम्पका कारण १६ हजार ७ सय ४० जना घाइते भएका छन् भने १७ हजार ९ सय ७ जना घरबारविहीन हुन पुगेका छन्।
- गत जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएपछि १९० वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् र सहायता कार्य जारी छ।
भेनेजुएलामा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ८९ पुगेको छ। बोलिभेरियन गणतन्त्र भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले आफ्नो टेलिग्राम च्यानल मार्फत यो जानकारी दिएका हुन्। उनका अनुसार भूकम्पमा परी १६ हजार ७ सय ४० जना घाइते भएका छन् भने १७ हजार ९ सय ७ जना घरबारविहीन भएका छन्।
भूकम्पका कारण जम्मा १९० वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। अन्य ८ सय ५६ वटा भवनहरूमा ठूलो क्षति पुगेको छ। उद्धार कार्यका क्रममा ६ हजार ४ सय ६२ जनालाई सुरक्षित उद्धार गरिएको छ।
त्यस्तै २८ हजार ८ सय ३६ जनाले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार पाएका छन्। अहिलेसम्म ८६ हजार ७ सय ९४ परिवारलाई सहायता उपलब्ध गराइएको छ। प्रभावितहरूलाई ९ हजार ६ सय ३ टन खाद्य सामग्री वितरण गरिएको छ।
भेनेजुएलामा गत जुन २४ को बेलुका शक्तिशाली भूकम्प गएको थियो। त्यतिबेला ४० सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्पका झट्काहरू रेकर्ड गरिएका थिए। ती भूकम्पहरूको केन्द्रविन्दु याराकुई राज्यमा १० किलोमिटरको दूरीमा रहेका थिए।
प्रतिक्रिया 4