१८ असार, काठमाडौं । भेनेजुएला भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक युवक जिउँदै निकालिएको छ । उद्धारकर्ताहरूले १४० टन भग्नावशेषको संरचनाबाट ती युवकलाई जिउँदै बाहिर निकालेका हुन् ।
ती युवकको नाम हरनान गिल रहेको बताइएको छ । उनी त्यहाँ जिउँदै रहेको थाहा भएको पनि १०० भण्टा लामो प्रयासबाट उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ ।
गत, शनिबार उनी भग्नावशेषभित्र जिउँदै रहेको पत्ता लागेको थियो । त्यसपछि उनलाई बचाउन सयौं उद्धारकर्मीले लामो मेहतन गरेका थिए ।
उनलाई बचाउन भेनेजुएला, चिलि, कोस्टारिका, अल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका उद्धारमा संलग्न टिमले भूमिका खेलेका थिए ।
भेनेजुएलामा २४ जुनमा ७.६ र ७.२ रेक्टर स्केलका दुई ठूला भूकम्प गएका थिए । ती भूकम्पबाट हालसम्म दुई हजार ३०० भन्दा बढीको ज्यान गइसकेको छ । अझै हज्जारौं मानिस बेपत्ता रहेका समाचार छन् ।
प्रतिक्रिया 4