+
+

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टिम

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १२:५३

१८ असोज, काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए ।

स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले नतिजा नेपालको पक्षमा नआए पनि यो भ्रमण धेरै सकरात्मक रहेको बताए ।

‘समग्रमा भन्नुपर्दा एसियन गेम्सको हाम्रो अनुभव राम्रो भयो । सोचेजस्तो नतिजा आएन । तर धेरै सकरात्मक कुराहरु रहे जसरी दीपेन्द्र र कुशलले ब्याटिङ गरे त्यो निकै राम्रो पक्ष हो ।’

आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको धारणा थियो ।

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले मेंगोलियाविरुद्ध भएको खेलमा सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाएका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?