+
+

दशैंको मुखमा नेवानिका दुई वटा जहाज ग्राउण्डेड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १८:२४

१९ असोज, काठमाडौं । नेपालीहरुको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् ।

साउदी अरवका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो ।

निगमका अर्को वाइडबडी जहाज नाइन एन–एएलजेट २७ सेप्टेम्बरबाट ग्राउण्डेड छ । यो जहाजमा समेत प्राविधिक समस्या आएपछि उडान रोकिएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाज मर्मतको सामान विदेशबाट ल्याउनु पर्ने र सामान छुटिसकेको भन्दै दुई÷तीन दिनमा जहाज उडानयोग्य बनिसक्ने बताए । न्यारोबडी जहाज मर्मतका लागि भने प्रक्रिया सुरु भएको उनले बताए । ‘सामान आएपछि एक दिनमै बन्छ,’ उनले भने ।

अर्को ए३३० जहाज समेत आज शुक्रबार प्राविधिक कारणले उड्न नसक्ने निगम स्रोतले जनाएको छ । प्रवक्ता पौडेलले भने यसको पुष्टी गरेनन् । ‘दुई जहाज ग्राउण्डेड हो,’ उनले भने, हामी छिटो ती जहाज रिलिज गर्न प्रयासरत छौं ।’

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा चार वटामात्र जहाज छन् । त्यसमध्ये दुई वटा जहाजका उडान रोकिँदा करोडौं रुपैयाँ घाटा बेहोर्नुपर्छ । व्यवस्थापनको कमजोरीले यी जहाज बेलैमा मर्मत र उडान हुन सकिरहेको छैन । निगमले उच्च व्यापार गर्ने सिजनमा जहाजहरु चुस्त राख्न नसक्दा व्यापारसँगै विश्वसनीयता समेत गुमाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?