+
+

नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई तिर्‍यो ५३ करोड किस्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते २०:१५
फाइल तस्वीर

२९ पुस, काठमाडौं । नेपाल एयरलाइन्सले जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदवापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तावापत २९ पुस (आइतबार) ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको हो ।

यो न्यारोबडी जहाजको पुरै र वाइडबडी जहाजको आंशिक किस्ता रहेको समेत उनले जानकारी दिए ।

नेपाल एयरलाइन्सले पछिल्लो १८ महिनामा किस्तावापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रूपैयाँ भुक्तानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?