+
+

विनय, शिल्पा र सञ्जोग अभिनित वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:४८

काठमाडौं । विनय श्रेष्ठ, शिल्पा मास्के, सञ्जोग कोइरालाको शीर्ष भूमिका रहेको वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक भएको छ । यो सिरिज कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ हुने बताइएको छ ।

फिल्मको पढाइ हुने कान्तिपुर एकेडेमीले दशैं छेकोबाट ओटीटी सञ्चालनमा ल्याउँदैछ । सञ्चालनअघि उसले नेपाली फिल्मका चर्चित कलाकारहरु समावेश भएको नयाँ वेब सिरिजको टिजर ल्याएको हो । यसअघि ‘ब्रह्माण्ड’ र ‘मिस स्कारलेट’जस्ता सिरिजको घोषणा भइसकेको छ ।

रोमान्टिक लभस्टोरी र कमेडी जनरामा बनेको यो वेब सिरिजमार्फत अभिनयमा विनयको पुनरागमन समेत हो । विनयको पछिल्लो फिल्म ‘रोमियो एण्ड मुना’ पाँच वर्षअघि रिलिज भएको थियो । विनय फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माणमा समेत व्यस्त छन् ।

‘लभ सूत्र’लाई विनयको कम्पनी भी-मोसन पिक्चर्स र ओएसआर डिजिटलले निर्माण गरेका हुन् । निरोज महर्जन निर्देशक हुन् ।

३० देखि ४० मिनेटको पाँचवटा एपिसोडको यो सिरिजको ट्रेलर असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट यो ओटीटीलाई सब्सक्रिप्सन लिएर स्मार्टफोन, वेब र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?