+
+

विश्वकपमा न्यूजिल्याण्डले लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते २१:५८

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । उद्घाटन खेलमा साबिकको विजेता इंग्ल्याण्डलाई अघिल्लो फाइनलको बदला लिएको न्यूजिल्याण्डले सोमबार नेदरल्याण्ड्समाथि ९९ रनको जित निकाल्यो ।

न्यूजिल्याण्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४६.३ ओभरमा २२३ रन मात्र बनाउन सक्यो । उसका लागि कोलिन एकरम्यानले सवार्धिक ६९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा मिचेल सेन्टनरले ५ विकेट लिए भने म्याट हेनरीले ३ विकेट हात पारे ।

यसअघि हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएको थियो । उसका लागि विल योङले ७० रन बनाए भने टोम लाथमले ५३ र रचिन रविन्द्रले ५१ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?