+
+
विश्वकप फुटबल छनोट :

नेपालविरुद्ध लाओसलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:०९

२५ असोज, काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको छ । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?